You are viewing the translated version of परिषद्को बैठक सम्बन्धी कार्यविधि.

Section 14
परिषद्को बैठक सम्बन्धी कार्यविधि
(१) परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक
बस्नेछ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) परिषद्को बैठक बस्नुभन्दा कम्तीमा तीन दिन अगावै परिषद्को सदस्य- सचिवले बैठकमा छलफल हुने बिषय सहितको सूचना सबै सदस्यलाई दिनु पर्नेछ।
(४) परिषद्को बैठकको कूल सदस्य सङ्ख्याको बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(५) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ।
(६) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिनेछ।
(७) परिषद्को बैठकले गरेको निर्णय अध्यक्षता गर्ने व्यक्ति र सदस्य-सचिवले प्रमाणित गर्नेछन्‌।
(८४) परिषद्को बैठक भत्ता तोकिए बमोजिम हुनेछ।
(९) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्‌ आफैँले निर्धारण गरे बमोजिम हुनेछ।